"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

वरियताक्रमअनुसार श्रेष्ठले उक्त जिम्मेवारी पाएका हुन्। दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार भारतको राजकीय भ्रमणमा जाँदैछन्। भ्रमणमा निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्करले आइतबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ।

२०८३ मंसिर ६ गते आइतवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु