"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालेन शाहले १७ हजार ५५८ मत ल्याउँदा केशव स्थापितले पाए ९ हजार ५६ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १७ हजार ५५८ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ९ हजार ५६ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ८ हजार १२८ प्राप्त गरेकी छन् ।

कांग्रेस र एमालेले पाएको मत जोड्दा बालेन्द्रको झण्डै बराबरी हुन आउँछ ।

उपमेयरमा भने सुनिता डंगोल १५ हजार ६७४ मतका साथ फराकिलो मतान्तनरले अगाडि रहेकी छन् । त्यसै गरी ५ हजार १५ मतका साथ नेपापा (एकिकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् ।

२०७९ जेठ ४ गते बुधवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु