कञ्चनपुरमा परेन पानी, खडेरीले ब्याड सुक्न थालेपछि किसान चिन्तित
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन् ।
वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उन बताए । “गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन”, किसान चौधरीले भने, “सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ ।” उनी तीन बिघा जमिनमा धानखेती गर्छन् । धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउछन् ।
बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ । तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनी चिन्तित छन् ।
२०८० असार ५ गते मंगलवार १७:४९ बजे प्रकाशित




















