एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न तीन जना भन्दा बढी जान नपाउने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनावश्यक भिडभाड बढेको भन्दैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न अबदेखि तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने व्यवस्था गरेको छ
यस्तो व्यवस्था आन्तरिक (डोमेस्टिक) र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा लागू गरिएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सिटौलाले हाल त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको सङ्ख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण यस्तो नीति लिनुपरेको जनाएका छन् ।
२०८० असार १२ गते मंगलवार २०:४१ बजे प्रकाशित























