"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गरिब बिरामीलाई निस्शुल्क शय्या उपलब्ध नगराउने अस्पताल चल्न दिनौं: स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई  निस्शुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाइ चल्न नदिने बताएका छन् ।

मन्त्री बस्नेत वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या निस्शुल्क उपलब्ध गराउने बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने‘ निस्शुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न दिनौं, नवीकरण पनि हुँदैन,’ उनले भने, ‘कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’‘अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या निस्शुल्क उपलब्ध गराउने सहमति गरेका छन्, त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निस्शुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्,’ उनले भने ।

स्वास्थ्यमन्त्री बस्नेतका अनुसार थप संघीय सरकार मातहत रहेका अस्पतालमा पनि निस्शुल्क शैय्या उपलब्ध गराउनेबारे छलफल भइरहेको र प्रदेश सरकार मातहत अस्पतालमा पनि यो सेवाका सुरू गर्नेबारे छलफल अघि बढेको छ।

२०८० असार १८ गते सोमवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु