"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ ।

समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानविन अघि बढाउन आग्रह गर्दिया नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

समाजले केही भ्रष्टाचार-घोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको देखिएको उल्लेख गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण भएको र लामिछानेले आफुतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदावाजी गरेको धारणा आफुहरुको रहेको उल्लेख गरेको छ ।

यसैगरी समाजले नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्य (समानुपातिक तर्फबाट सांसद समेत) माथि कुनै पनि प्रकारको छानविन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको उल्लेख गरेको छ ।

समाजका सभापति रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ छ- ‘सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ ।’

२०८० चैत १२ गते सोमवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु