"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनसरी तनावग्रस्त, पाँच स्थानीयतहमा कर्फ्यू आदेश जारी

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।

यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधादेश जारी गरिएको थियो । जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि भुटाहामा अवस्था नियन्त्रण बाहिर गएको छ ।

भुटाहामा बिहीबार हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको बिरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।

मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।

घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरेपनि बिरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ ।

२०८० चैत २३ गते शुक्रवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु