"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्ले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्।

प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद्ले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। साथै समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा पनि आवश्यक निर्णयहरू गरिएको उनले बताए।

सरकारले सार्वजनिक गरेका निर्णयहरूमा विधेयक स्वीकृतिसहित विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा प्रशासनिक विषय समेटिएका छन्।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

–देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्‌मा पेश गर्नका लागि स्वीकृति दिने

–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

–कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने ।

–प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।

२०८३ साउन १३ गते बुधवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु