"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पालिकाले असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर बर्खे र हिउँदे बिदाबाट मिलान गर्नेगरी बिदा दिएको शिक्षा अधिकृत जयराज जैशीले बताए ।

साथै, तातो हावाबाट बच्न सावधानीका उपायहरू अबलम्वन गर्न पनि धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

२०८३ असार ८ गते सोमवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु