"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेमा अनुशासनहिनता बढयो, नियन्त्रण गरौंः राजन भट्टराइ

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा। राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन ।

एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै भट्टराईले खटाएको जिम्मेवारी पुरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताए । पार्टीले खटाइएको जिम्मेवारी पुरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने बताएका हुन ।

भट्टराईले  भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गरेका उनले नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने भट्टराईको भनाइ छ ।

पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै भट्टराईले पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेको बताउँदै भने,  ‘पार्टीको बैठकमा  आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ ।’

भट्टराईले  अनुशासन बिना पार्टी,  परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो । एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन  उनले आग्रह गरेका छन ।

२०८१ पुस ३ गते बुधवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु