वैकल्पिक बासको व्यवस्था गरेर मात्रै होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
काठमाण्डौ – नदी किनारका सुकुम्वासी बस्तीबाट विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेर मात्रै होल्डिङ सेन्टरबाट हटाउन माग गरेका छन् ।
भक्तपुरको बोडे, खरिपाटी र इचङ्गुनारायणस्थित होल्डिङ सेन्टर शुक्रबारसम्म खाली गर्न सूचना जारी भएपछि विस्थापितहरूले सूचना फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका हुन् ।
६ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरूले बिना विकल्प बाहिरिनुपर्ने अवस्था सिर्जना गरिएको गुनासो गरेका छन् । नदी किनारका घरटहरा भत्काएपछि आश्रयस्थलबाट समेत हट्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले उचित व्यवस्थापन नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
२०८३ मंसिर १० गते बिहीवार १५:१७ बजे प्रकाशित























