पूर्वमुख्यसचिव अर्याललाई कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइयो
काठमाण्डौ – पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार स्थलमार्ग हुँदै नेपाल ल्याइएका अर्याललाई विमानमार्गबाट काठमाडौं ल्याइएको हो । विमानस्थलबाट उनलाई सिधै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लगिएको थियो ।
अर्याललाई मलेसिया जाने श्रमिकबाट अवैध रूपमा रकम असुली गरी मलेसिया पठाएको आरोपमा पक्राउ गरिएको हो । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।
यस प्रकरणमा यसअघि तत्कालीन मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूमाथि ठगी र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।
२०८३ मंसिर १० गते बिहीवार १४:३९ बजे प्रकाशित























