उमेर हद र दुई कार्यकालको विषयमा गलत प्रचार भयो: एमाले
ललितपुर । सत्तारुढ नेकपा एमालेको जारी विधान महाधिवेशले अघि बढाएको उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयमा गलत प्रचार भएको बताएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चार माध्यममा गलत सूचना प्रवाह भएको बताए ।
गौतमले बैठकमा उठेका विषयको जानकारी दिँदै गौतमले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताए ।
गौतमका अनुसार ढुंगेल नेतृत्वको समूहमा केहीले दुवै प्रावधान नहटाउन पनि सुझाएका थिए ।
२०८२ भदौ २२ गते आइतवार १७:३५ बजे प्रकाशित





















