"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी बाढीपछि मधेशका ५८ जना सम्पर्कविहीन

जनकपुरधाम। भोटेकोशी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाबाट ५८ जना नागरिक सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

बाढीपछि धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेसँगै प्रदेशका जिल्लास्थित प्रहरी कार्यालयहरूले उनीहरूको विवरण सङ्कलन थालेका हुन्।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट ५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

प्रहरी कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच र सर्लाहीका सात जना सम्पर्कविहीन छन्। यस्तै, रौतहट र सप्तरीबाट थप दुई–दुई जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण थप सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।

२०८३ भदौ १२ गते शुक्रवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु