अपडेट: एकतर्फी खुल्यो मुग्लिन–नारायणघाट सडक
काठमाडौँ । पहिरोको कारण ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको छ ।
शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
२०८२ असोज ५ गते आइतवार १७:३० बजे प्रकाशित























