"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रचण्डको नयाँ सन्देशः ओली रहुन्जेल एमालेसँग एकता हुँदैन

धादिङ। पछिल्लाे समय नेपाली राजनीतिक तरंग फेरि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ फर्किएको छ। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले बोलेका केही वाक्यहरूले नेपालको बाम राजनीति फेरि तरल हुने सङ्केत देखिएकाे हाे ।

साे क्रममा उनले “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”  यस वाक्यले न केवल एमाले र माओवादीबीचको पुरानो सम्बन्ध र टुटेको भरोसालाई सम्झाइदिन्छ, बरु अहिलेको बाम राजनीतिक समीकरणमा नयाँ सम्भावनाको झिल्को पनि देखाउँछ।

प्रचण्डले ओली नेतृत्वमा असहमति प्रष्ट पार्दै, त्यो नेतृत्व परिवर्तन भए “एकताको बाटो पुनः खुल्न सक्ने” सङ्केत दिए। उनका अनुसार, समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग पनि तिहारपछि एकता प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।

त्यसैबीच उनले फागुन २१ को निर्वाचनलाई पार्टीको प्रमुख एजेन्डा बनाउने घोषणा गरे।उनका शब्दमा, “हामी युवासँग जोडिँदैछौं, जेनजी पुस्तासँग संवादमा छौं। उनीहरूले माओवादीको विचार र मार्गदर्शनलाई फेरि सही ठहर गर्न थालेका छन्।”

प्रचण्डको यो भनाइ केवल ओलीविरुद्धको असन्तोष मात्र होइन, बरु भावी बाम एकताको सम्भाव्य सूत्र पनि हुन सक्छ। उनको भाषणले एमालेसँगको दूरी नेताले बनाएको हो, विचारले होइन भन्ने सन्देश दिएकाे छ ।

२०८२ असोज २९ गते बुधवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु