"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानन्यायाधीश सहित वरिष्ठतम् न्यायाधीशहरू बंगलादेश भ्रमणमा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको एउटा टोली बंगलादेशको भ्रमणमा गएको छ। टोली बंगलादेशका प्रधानन्यायाधीश डा। सैयद रेफात अहमेदको निमन्त्रणामा त्यहाँ पुगेको हो।

प्रधानन्यायाधीश राउतको नेतृत्वमा गएको टोलीमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन्।

भ्रमणका कारण शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। न्यायाधीश रेग्मी पनि चीन भ्रमणमा जाने भएकाले सोमबारदेखि न्यायाधीश हरि फूयालले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।

प्रधानन्यायाधीशको टोली आगामी मंगलबारसम्म ढाका, बंगलादेशमा रहने र त्यसपछि स्वदेश फर्कने बताइएको छ। यस अवधिमा न्यायाधीश फूयाल नै कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।

२०८२ कात्तिक १६ गते आइतवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु