"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रशासनको हस्तक्षेपपछि थापाथली ट्राफिक प्रहरी भवन भत्काउबाट रोकियो महानगर प्रहरी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपपछि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने निर्णय स्थगित गरेको छ।

महानगरपालिकाले शनिबार साँझ ट्राफिक प्रहरीलाई कार्यालय खाली गर्न पत्राचार गर्दै सूचना दिएको थियो। त्यसपछि झन्डै सयजना प्रहरी कार्यरत भवनमा अन्योल सिर्जना भएको थियो।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, ट्राफिक प्रहरी २०३० सालदेखि नै सो स्थानमा कार्यरत छन्। उनले भने, “त्यो गुठीको जग्गा हो, तर ट्राफिक प्रहरी त्यहीँदेखि सेवा दिइरहेका छन्।”

ट्राफिक प्रहरीलाई हटाउने तयारीपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग प्रहरी अधिकारीहरूले छलफल गरेका थिए। छलफलपछि प्रशासनले तत्काल प्रहरीलाई नहटाउन महानगरलाई पत्र लेखेर अनुरोध गरेको हो।

उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले भने, “जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ। त्यसपछि अहिलेका लागि कार्य रोकिएको छ। अहिले प्रहरीलाई अर्को विकल्प पनि छैन,” उनले बताए।

यसअघि महानगरपालिकाले सो ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको अर्को अनधिकृत संरचना भत्काउन डोजर चलाएको थियो। साथै, थापाथली क्षेत्रमा रहेका अन्य अवैध संरचना सात दिनभित्र खाली गर्न ‘अल्टिमेटम’ समेत दिएको छ।

२०८२ कात्तिक १६ गते आइतवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु