"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपा–विवेकशील साझा पार्टी एकता: नाम र चुनाव चिन्ह ‘घण्टी’ कायम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलले औपचारिक रूपमा एकता घोषणा गरेका हुन्।

एकतापछि पार्टीको नाम रास्वपा नै रहने र चुनाव चिन्ह ‘घण्टी’ जस्ताको तस्तै रहने जानकारी नेता शिशिर खनालले दिएका छन्। साथै, विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्चमा राखिने व्यवस्था गरिएको छ। मञ्चका सदस्यहरूको हैसियत केन्द्रीय सदस्यसरह हुनेछ।

सहमति अनुसार पार्टीको तल्लो तहसम्म समावेशिता र आपसी समझदारीका आधारमा नेतृत्व र जिम्मेवारी बाँडफाँड गरिने उल्लेख छ।

Unity between RSP and Bibeksheel Sajha

२०८२ मंसिर १४ गते आइतवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु