आशा छ – मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बताएका छन्।
बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा ओलीले भने, ‘अब मेरो उठ्ने–नउठ्ने भन्ने कुरा‘ अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ। तर आशा छ- मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जितूँ।’
उनका अनुसार अहिले देखिएको परिवेशले प्रतिस्पर्धा हुने संकेत नदिए पनि सबै कुरा अन्तिम निर्णय प्रक्रियामा स्पष्ट हुनेछन्। उनले भोलि बसेर तय हुने बैठकमार्फत नेतृत्व सम्बन्धी प्रस्ताव सहमतिमै अघि बढाइने विश्वास व्यक्त गरे।
२०८२ मंसिर २५ गते बिहीवार १७:२१ बजे प्रकाशित






















