"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिन सुरु गरेको छ। आयोगका एक पदाधिकारीका अनुसार, बिहीबारदेखि उनीहरूको बयान संकलन भइरहेको छ।

जेनजी प्रदर्शनको समयमा गृह मन्त्रालयमा कार्यरत दुवाडीलाई अन्तरिम सरकारले असोज ७ मा राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो भने मङ्सिर ९ देखि उनी अवकाशमा छन्।

प्रदर्शनको समयमा प्रहरीको कमान्ड समालिरहेका खापुङ भने भदौ १९ बाट सक्रिय थिए र कात्तिक २६ मा सेवा निवृत्त भएका थिए। आयोगले प्रदर्शनमा किशोरहरूको ज्यान जाने गरी बल प्रयोग किन आवश्यक भयो भन्नेबारे उनीसँग विवरण लिइरहेको छ।

अघिल्लो न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग पनि बयान संकलन गरिरहेको छ।

२०८२ मंसिर २५ गते बिहीवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु