"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति अन्त्य गर्न भीम रावलकाे एमाले प्रतिनिधिलाई सुझाव

काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न सुझाव दिएका छन्।

एमालेको जारी ११औं महाधिवेशनका सन्दर्भमा रावलले प्रतिनिधिहरूलाई यो अवसरलाई पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने दिशातर्फ प्रयोग गर्न आग्रह गरेका हुन्।

१०औं महाधिवेशनलाई सम्झँदै उनले भनेका छन्, ‘अहिलेको घटनाक्रमबाट त्यसबेला मैले उठाएका कुराहरू कति सही थिए भन्ने स्पष्ट भएको छ। धेरैले केपी शर्मा ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति तथा व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। त्यसैले ११औं महाधिवेशनलाई त्यस्तो प्रवृत्तिबाट पार्टी मुक्त गर्दै देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रूपमा प्रतिनिधिहरूले सदुपयोग गर्न सके उचित हुनेछ।’

उनले १० औं महाधिवेशनमा केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ वातावरणमा सञ्चालन नगरी प्रतिनिधिहरूको चुनिने र चुनिने अधिकारमा अवरोध गरेको आरोप पनि लगाएका छन्।

यसैबीच, एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

२०८२ पुस १ गते मंगलवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु