रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
तर सोही मुद्दामा संलग्न भनिएका छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
२०८२ पुस ३ गते बिहीवार १७:०७ बजे प्रकाशित























