राष्ट्रिय सभा बैठकबाट तीन अध्यादेश सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश स्वीकृतिको प्रस्ताव पेश गरेका थिए। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका अध्ययन प्रतिवेदन २०८२’ सभामा पेस गरेको थिए भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल प्रस्ताव गरेको थिए।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बस्नेछ।
२०८२ माघ १९ गते सोमवार १७:१५ बजे प्रकाशित























