चुनाव हुने भयो भने हामी भाग लिन्छौं : ओली
काठमाडौं । केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण स्पष्ट रूपमा तय भइसकेको जस्तो नदेखिएको बताएका छन्।
आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान अवस्थामा चुनावबारे ठोस निष्कर्ष निकाल्न नसकिने बताए।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने। पत्रकारले ‘तपाईं के देख्नुहुन्छ ?’ भन्ने प्रश्न गर्दा उनले ‘चुनाव त हुन्छ भन्ठान्छु अब’ भन्दै प्रतिक्रिया दिए।
ओलीले चुनावको वातावरणबारे सरकार नै बढी जानकार हुने उल्लेख गरे। ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो। हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले बताए।
साथै, उनले आफू चुनावी अभियानका क्रममा सकेसम्म देशका सबै स्थानमा पुग्ने तयारीमा रहेको जानकारी दिए।
२०८२ फागुन ३ गते आइतवार १७:२० बजे प्रकाशित






















