"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारी सूचना सरकारी सञ्चार माध्यममा प्रकाशन–प्रसारण गर्न सरकारको निर्देशन

काठमाडौँ। सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न गराउन निर्देश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत विनोद रेग्मीले बुधबार एक विज्ञप्ति प्रकाशन गर्नुहुँदै सो निर्देशन गरिएको बताउनुभएको हो । रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायहरूमा गर्नु गराउनु निर्णय अनुसार अनुरोध गरिएको छ ।”

जारी तीन बुँदे अनुरोधमा सबै सार्वजनिक निकायहरूले आफ्नो सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवम् सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रशारणको व्यवस्थापन गर्ने भनिएको छ । सोही अनुसार भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा जम्मा गर्ने व्यवस्था गर्ने भनिएको छ ।

२०८२ चैत १९ गते बिहीवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु