"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो।

मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायल का लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत रूपमा जारी हुने वैदेशिक रोजगार विभाग ले जनाएको छ।

पश्चिम एसियाली क्षेत्रमा उत्पन्न अस्थिरता तथा इरान–इजरायल द्वन्द्व का कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो।

हाल परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र श्रम बजारको मागलाई ध्यानमा राखी पुन: श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ।

b

२०८३ वैशाख ७ गते सोमवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु