"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईएनए इन्टरनेसनलले सूचना जारी गर्दै यसअघि निर्धारित कार्यक्रमअनुसार आगामी परीक्षाहरू सञ्चालन गरिने जनाएको हो।

संस्थाका अनुसार बिहीबारदेखि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुनेछन्। तर जेठ २६ र २७ गते सञ्चालन हुन नसकेका परीक्षाका लागि छुट्टै व्यवस्था गरी पछि परीक्षा लिइनेछ।

स्थगित भएका परीक्षाको नयाँ मिति र समयबारे सम्बन्धित परीक्षार्थीहरूलाई व्यक्तिगत रूपमा सन्देश ९म्यासेज० मार्फत जानकारी गराइने पनि सूचनामा उल्लेख गरिएको छ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार (केयरगिभर) पठाउन आधारभूत तहको अंग्रेजी भाषा ज्ञान अनिवार्य गरिएको छ। सोही प्रयोजनका लागि त्रिपुरेश्वरस्थित परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीहरूले परीक्षा प्रक्रियालाई लिएर विरोध जनाएपछि परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

पछि वैदेशिक रोजगार विभागले परीक्षा स्थगित नगर्न निर्देशन दिएपछि सीआईएनए इन्टरनेसनलले परीक्षा पुन: सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

२०८३ जेठ २७ गते बुधवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु