"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ नेपाल–भारत सीमा क्षेत्रमा देखिएको दशगजा अतिक्रमणसँग सम्बन्धित रहेको दाबी गरे।

आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै मन्त्री खनालले “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने भनाइको अर्थ क्रस बोर्डर अकुपेसन र दशगजा अतिक्रमणतर्फ संकेत गरिएको स्पष्ट पारे।

उनका अनुसार एक देशका नागरिकले अर्को देशको भूमिमा खेतीपाती र बसोबास गर्ने अवस्था विद्यमान रहेको विषयलाई प्रधानमन्त्रीले उठाउन खोजेका हुन्। उनले यसको समाधानका लागि नेपाल–भारत सीमा कार्य समूह (बाउन्ड्री वर्किङ ग्रुप) लगायतका संयन्त्रले म्यापिङको काम गरिरहेको पनि जानकारी दिए।

मन्त्री खनालले विभिन्न अध्ययनले नेपाल र भारतबीच सीमावर्ती क्षेत्रमा दुवैतर्फको उपभोगमा केही जग्गा अदल–बदल भएको देखाएको दाबीसमेत गरे।

विपक्षी दलहरूले प्रधानमन्त्रीले आफैं आएर जवाफ दिनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएका छन्।

२०८३ जेठ २७ गते बुधवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु