"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो : धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका पूर्वसांसद तथा नेता डा। धवलशमशेर राणाले राप्रपाले उठाउँदै आएको सनातन हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई जनताले नभई स्वयं पार्टी नेतृत्वले नै उपेक्षा गरेको आरोप लगाएका छन् ।।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहे पनि राप्रपाले त्यसको परिपूर्ति गर्न नसकेको बताए। उनले आगामी दुई–तीन महिनाभित्र नयाँ दललाई सशक्त राजनीतिक शक्तिका रूपमा अघि बढाउने दाबी गरे।

राणाले राजासहितको प्रजातन्त्रको पक्षमा रहेको नयाँ दलले वर्तमान राजनीतिक अवस्थाको विकल्प प्रस्तुत गर्ने बताए। उनका अनुसार पछिल्ला निर्वाचन परिणामले नै राप्रपा राष्ट्रवादी शक्तिको अपेक्षा पूरा गर्न असफल भएको स्पष्ट पारेको छ।

“हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो,” राणाले भने, “गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको थियो, तर सभामुख पद स्वीकार गरेर एजेन्डाप्रति गद्दारी गरियो।”

उनले गणतान्त्रिक व्यवस्थाको प्रमुख संवैधानिक पदमध्ये एक सभामुख पद स्वीकार गरेपछि राप्रपाको भनाइ र व्यवहार फरक रहेको पुष्टि भएको दाबी गरे। साथै, पछिल्लो निर्वाचनमा राप्रपाका अधिकांश उम्मेदवारको जमानत जफत भएको उल्लेख गर्दै जनतामा पार्टीप्रतिको दृष्टिकोण परिवर्तन भएको बताए।

राणाले नयाँ दलमा कुनै पनि प्रकारको भेदभाव वा पक्षपातपूर्ण व्यवहार नहुने प्रतिबद्धता व्यक्त गरे।

२०८३ जेठ ३१ गते आइतवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु