शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
निर्णयमा भनिएको छ, “आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।”
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। शुल्क लागू भएपछि विभिन्न क्षेत्रबाट व्यापक आलोचना र विरोध भएपछि सरकारले निर्णय पुनरावलोकन गरेको हो।
अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको परामर्शपछि शुल्क हटाउने निर्णय गरिएको हो। त्यसअघि प्रधानमन्त्रीले शुल्क हटाउने प्रक्रिया अघि बढाइने सार्वजनिक रूपमा जानकारी दिएका थिए।
२०८३ साउन ६ गते बुधवार १७:०६ बजे प्रकाशित






















