टिचिङ अस्पतालले बिहीबार आधा दिन सेवा दिने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुने जनाएको छ।
अस्पताल प्रशासनका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा त्रिवि दिवसका कारण आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक अस्पतालबाट प्रदान गरिने सबै नियमित दिवा सेवाहरू बन्द रहने जानकारी दिएको हो।
सूचनाअनुसार अस्पतालको इएचएस सेवा भने १ बजेदेखि सञ्चालन हुनेछ।सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले आवश्यक जानकारीका लागि उक्त सूचना सार्वजनिक गरिएको अस्पताल प्रशासनले जनाएको छ।
२०८३ साउन ६ गते बुधवार १७:०९ बजे प्रकाशित





















