"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठको निधनको पुष्टि गर्दै बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन्।

त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको उनले उल्लेख गरेका छन्।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेतामध्ये एक थिए। उनी पूर्वउपप्रधानमन्त्रीसमेत रहिसकेका थिए। हालै, साउन ७ गते कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए।

२०८३ साउन १२ गते मंगलवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु