"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेकपा एमालेद्वारा बाँकेमा वृक्षारोपण

बाँके। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेकपा (एमाले) बैजनाथ गाउँपालिका कमिटीले वृक्षारोपण तथा बिरुवा वितरण गरेको छ।

राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा स्थानीयलाई आँप, कागती र शीतलचिनीलगायत करिब एक हजार बिरुवा वितरण गरिएको पालिका कमिटीका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताउनुभयो। उहाँले वातावरण संरक्षण र प्राकृतिक स्रोतको जगेर्नामा जोड दिनुभयो।

एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल र बाँके जिल्ला अध्यक्ष निरक गुरुङले पनि वृक्षारोपणलाई वातावरण संरक्षणसँगै मृतकको स्मृतिलाई सम्मान गर्ने सिर्जनात्मक अभियानका रूपमा निरन्तरता दिनुपर्ने बताउनुभयो।

२०८३ भदौ २२ गते सोमवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु