"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भक्तपुरमा बरामद गरिएको ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, दुई पक्राउ

भक्तपुर । ग्यास अभावका बीच भक्तपुरमा अनुगमनका क्रममा बरामद तथा भेटिएका सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको छ । मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई उपलब्ध गराएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ती सिलिन्डर वितरण गरिएको प्रशासनले जनाएको छ । ब्याङ्क्वेट सञ्चालकले असोजमा भोजका कार्यक्रम बढी हुने भएकाले चितवनबाट ग्यास ल्याएको बताएका थिए । स्थानीय प्रशासनको अनुरोधपछि आवश्यक परेका सर्वसाधारणलाई ग्यास दिइएको हो ।

यसैबीच, प्रहरीले ग्यास कालोबजारीको आरोपमा भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन् ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन् । प्रतिसिलिन्डर दुई हजार ८०० रुपियाँमा ग्यास बिक्री गरिरहेको सूचनाका आधारमा पक्राउ परेका साहको पसलबाट ७५ वटा हिमाल ग्यास सिलिन्डर जफत गरिएको प्रहरीले जनाएको छ ।

२०८३ भदौ २६ गते शुक्रवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु