"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ गिम्दीबेँसीमा लेदोसहितको बाढी आउँदा बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा सुख्खा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन रोकिएको छ ।

त्यस्तै, बल्खुको सुन्दरीघाटमा पानीको बहाव बढ्दा करिडोर अवरुद्ध भएको छ । गुल्मीको राक्से र पाल्पाको कासिबनमा पहिरो खस्दा कालीगण्डकी करिडोर बन्द भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

२०८३ कात्तिक १४ गते शनिवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु