"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४३६ पुग्यो

काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुगेको छ।

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट शव निकालिएका हुन्। फेला परेका शवमध्ये डीएनए नमुना लिएर १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ।

यसैबीच, रसुवाको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइएको छ। ती शवको अझै पहिचान हुन सकेको छैन।

नुवाकोट प्रहरीले सम्पर्कविहीन आफन्तको शव हुनसक्ने भन्दै परिवारजनलाई विदुर–६ स्थित खम्बा क्याम्पमा पुगेर पहिचान गर्न आग्रह गरेको छ।

२०८३ असोज ४ गते आइतवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु