"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भ्रष्टाचारको जरो गहिरो भए पनि त्यसलाई अन्त्य गर्ने प्रयास जारी छ – प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको पालना र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधान राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय भए मात्रै त्यसको मर्म व्यवहारमा उतार्न सकिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शाहले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी गर्नुभयो । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई अन्त्य गर्ने प्रयास जारी रहेको उहाँको भनाइ छ ।

उहाँले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको बताउँदै प्रशासनिक संरचनालाई उपयुक्त आकारमा लैजाने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको जानकारी दिनुभयो ।

२०८३ असोज ३ गते शनिवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु