"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चाडपर्वमा सस्तो भाडामा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाण्डाै । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरको न्यूनतम दरमा टिकट बिक्री गर्न सहमत भएका छन् ।

चाडपर्वको मौका छोपेर हवाई भाडा बढाएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।

छलफलमा स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री/वितरण गर्ने सहमति भएको क्यानले जनाएको छ । हाल कम्पनीहरूले यात्रुको चाप बढेका बेला विसं २०७२ मा निर्धारण गरिएको न्यूनतमदेखि उच्चतम भाडादरको आधारमा टिकट बिक्री गर्दै आएका छन् ।

२०८३ असोज २२ गते बिहीवार १८:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु