उखु किसानलाई डेढ अर्बभन्दा बढी अनुदान वितरण गरिने
काठमाडौं, असोज २३ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोडभन्दा बढी अनुदान वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत गर्नुभएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिनेछ ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।
२०८३ असोज २३ गते शुक्रवार १४:३३ बजे प्रकाशित























