मोदीलाई राहुल गान्धीको चुनौती : ‘सबैलाई गिरफ्तार गरे पनि आन्दोलन रोकिँदैन’
नयाँदिल्ली । भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा सहभागी सबैलाई गिरफ्तार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले संविधानको रक्षा र जनताको आवाजका लागि विपक्षीहरू पछि नहट्ने बताए । उनले प्रदर्शनरत युवालाई आन्दोलन जारी राख्न आग्रह गर्दै आफूहरू साथमा रहेको उल्लेख गरे ।
यसैबीच, ज्ञानेश कुमारको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरतर्फ मार्च गर्ने क्रममा करिब एक हजार प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
२०८३ असोज २४ गते शनिवार २०:३३ बजे प्रकाशित























