शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियतको प्रस्ताव
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रस्तावअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको गाडी खरिद गर्न सक्नेछन् । अन्य तहका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउनेछन् ।
गाडी खरिदका लागि बैंकको किस्तामा लाग्ने ब्याजको ८० प्रतिशतसम्म सरकारले व्यहोर्ने र बाँकी २० प्रतिशत शिक्षकले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ । यो सुविधा शिक्षक सेवामा बहाल रहेसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
२०८३ असोज २३ गते शुक्रवार १५:०६ बजे प्रकाशित






















