सुरक्षा जोखिमपछि राष्ट्र बैंकका वेबसाइट तथा सेवा बन्द
काठमाडौँ । वेब प्रविधि (पीएचपी) मा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सेवा बन्द हुँदा बैंकिङ क्षेत्रका सरोकारवाला र सर्वसाधारणमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ । यस अवधिमा आवश्यक सूचनाका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल हेर्न आग्रह गरेको छ ।
साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीहरूलाई सुरक्षा सतर्कता अपनाउन, प्रणाली सबलीकरण गर्न र नियमित निगरानी बढाउन राष्ट्र बैंकले अपिल गरेको छ ।
२०८३ कात्तिक ६ गते शुक्रवार १०:२७ बजे प्रकाशित























