बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
काठमाण्डौ – काठमाडौँको बबरमहलमा निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सडक पार गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भएको पुलका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मा हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको हो ।
२०८३ कात्तिक ९ गते सोमवार १४:०० बजे प्रकाशित






















