साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
काठमाण्डौ । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।
रियादस्थित दूतावासले सुरक्षा निकायका निर्देशन पालना गर्न तथा सामाजिक सञ्जालमा भ्रामक सूचना, तस्वीर र भिडियो पोस्ट वा शेयर नगर्न अनुरोध गरेको छ ।
हवाई यात्रा गर्ने नेपालीलाई उडान तालिका यकिन गरेर मात्र यात्रा गर्न पनि दूतावासले आग्रह गरेको छ । कुनै समस्या परे रियादस्थित दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न भनिएको छ ।
साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ ।
२०८३ कात्तिक १० गते मंगलवार १५:१९ बजे प्रकाशित






















