"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि शनिबारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्छ । पूर्वी क्षेत्रमा छिटपुट वर्षा शुरू भएको छ भने देशका धेरैजसो ठाउँमा बादल लागेको छ ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले त्यस्ता क्षेत्रमा नजान आग्रह गरेको छ । वर्षा र पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

२०८३ कात्तिक १२ गते बिहीवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु