महानगर–उपमहानगरका वडाध्यक्ष र सदस्यका लागि रास्वपाले खुलायो आवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन सातवटा उपसमिति गठन गरेको छ । प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा। तोशिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी दिइएको छ ।
२०८३ कात्तिक १५ गते आइतवार १२:३२ बजे प्रकाशित























