"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भूमिगत विद्युत् लाइन विस्तारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने

काठमाण्डौ – भूमिगत विद्युत् लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार आजदेखि कात्तिक २० गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी, १४ गते कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म तथा १५ गते कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, १६ गते कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १७ गते युएनपार्कदेखि बिजुलीबजारसम्म, १८ र २० गते धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते हाजमा पुल क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल भए निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने भन्दै प्राधिकरणले उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

२०८३ कात्तिक १३ गते शुक्रवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु