"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलका लागि स्थान तोकियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै आफ्नो क्षेत्रमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले नेपाली किसानका फूल तथा माला बिक्रीका लागि विभिन्न स्थानसमेत तोकेको छ ।

महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धित सामग्री बिक्री गरेको पाइए जफत गर्ने चेतावनी दिएको छ ।

महानगरले बानेश्वर, चाबहिल, कलंकी, स्वयम्भू, माछापोखरी, महाराजगञ्ज, बालुवाटार, सुन्धारा, भृकुटीमण्डप, कोटेश्वरलगायत विभिन्न क्षेत्रमा स्वदेशी फूल बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

२०८३ कात्तिक १७ गते मंगलवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु