तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्बभन्दा बढी आम्दानी
काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउनदेखि असोजसम्म उक्त रकम बराबरको विद्युत् निर्यात भएको हो । असोजमा मात्रै भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
भारतले थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति दिएसँगै नेपालको कुल निर्यात क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।
यस्तै, बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको मन्त्रालयले जनाएको छ ।
२०८३ कात्तिक १७ गते मंगलवार १२:४९ बजे प्रकाशित























